नियम १६
काम गर्ने समयको निर्धारण
(१) रोजगारदाताले प्रतिष्ठानको कामको प्रकृतिको आधारमा प्रतिष्ठानमा काम गर्ने समयको निर्धारण गरी सोको जानकारी सबै श्रमिकलार्इ गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम काम गर्ने समय निर्धारण गर्दा रोजगारदाताले प्रतिष्ठानको कामको प्रकृतिको आधारमा श्रमिकलार्इ आलोपालोमा काममा लगाउन सकिने गरी समय निर्धारण गर्न सक्नेछ।